पृथ्वी राजमार्गमा मोटरसाइकललाई बसको ठक्कर
Tuesday, 30 August 2011 Posted by कृष्णपक्ष थापा

रामेश्वर कार्की, धादिङ, भदौ १४- पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाविस ८ स्थित विशालटारमा बुधबार बिहान सवा चार बजे बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जोगिमारा गाविस ९ का ३२ वर्षिय बद्री डल्लाकोटी रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमै सवार अर्का धुषाका नेत्र थपलीया घाइते भएका छन्।

विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना ४ ख २६२७ नम्बरको बसले विपरित दिशा हुँदै जोगिमारा तर्फ जाँदै गरेको ना ७ प ९७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates