बेलायतमा नेपाली लगानीद्वारा संचालित पहिलो कलेज बन्द
Tuesday, 16 August 2011 Posted by कृष्णपक्ष थापा

साउन ३२ लण्डन । बेलायतमा नेपाली ब्यबस्थापनद्वारा संचालन गरिएको एक कलेज बन्द भएको छ ।लण्डनको इलिंगमा अबस्थित बोष्टन कलेज अफ लण्डन मंगलबार देखि औपचारिक रुपमा बन्द भएको हो ।


सरकारले विद्यार्थीलाई दिँदै आएको काम गर्ने अधिकार खोसेपछि विद्यार्थी कलेज आउनै छाडेकोले बन्द गर्नु परेको निर्देशक पामेश भट्टराईले बताउनु भयो ।

बेलायत सरकारले विश्वविद्यालयमा पढ्ने विद्यार्थीलाई मात्र काम गर्ने अधिकार दिएको छ। यो नियम लागू भएपछि निजी लगानीमा सञ्चालित कलेजमा पढ्ने विद्यार्थीले काम गर्न पाउँदैनन्।

नेपाली लगानीमा बेलायतमा खोलिएको बोस्टन कलेज अफ लण्डन नै पहिलो थियो।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates