नेपालमा खोलिने भयो टर्किको पनि दुतावास
१० भदौ, काठमाडौं । नेपालमा दुतावास नभएका मुलुकहरुले दुतावास खोल्ने क्रम बढेको छ । यसअघि साउदी अरेबीयाको राजदुतावास खोल्न गरिएको चर्चा पछि अहिले टर्किले नेपालमा दुतावास खोल्ने चर्चा चलेको छ । नेपालका लागि टर्कीका गैरआवासीय राजदूत बुराक अक्परले प्रधानमन्त्री झलनाथ खनालसँग शुक्रबार भएको भेटमा त्यस्तो बताएका हुन् ।प्रधानमन्त्री खनालका विदेश मामिला सल्लाहकार मिलन तुलाधरका अनुसार राजदूत अक्परले केही वर्षभित्रै टकी दूतावास खोल्न इच्छुक रहेको बताए । टर्कीले नयाँदिल्लीस्थित दूतावासबाट नेपाल हेर्दै आएको छ ।
खनालले नेपालको जलस्रोतका लगानी गर्न टर्कीका राजदूतलाई आग्रह गरेका थिए । उनलाई पोर्चुगलका गैरआवासीय रादजूत जोर्ग रोजा डी ओलिभियराले पनि शुक्रबारै भेटेका छन् । (Solidarity Reporter)




