विवाद भएपछि अन्तरमिडिया कप फुटबल प्रतियोगिता स्थगित
अशोक महत
साउन २० धुलिखेल। काभ्रेको बनेपामा जारी अन्तरमिडिया कप फुटबल प्रतियोगिता विवादका कारण स्थगित भएको छ । बनेपाको चाइना टाउन खेल मैदानमा जारी रहेको मिडिया कपमा खेलमा सहभागी टिमहरूले मिडिया बाहिरका क्लबका खेलाडीहरू समावेश गरेको विषयमा आयोजक र सहभागीबीच विवाद बढेपछि प्रतियोगिता स्थगित भएको हो ।
टिमहरूबीच विवाद बढेपछि अन्तर मिडिया कप फुटबल प्रतियोगिताका खेल स्थगित गरिएको मिडिया कप संयोजक रघुनाथ सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा आजबाट सेमीफाईनलका खेलहरू हुने तालिका रहेको थियो ।




