गद्धाफीका परिवार अल्जेरिया भागे, गद्धाफी कहाँ छन् थाहा छैन
Monday, 29 August 2011 Posted by कृष्णपक्ष थापा

१३ भदौ, त्रिपोली । लिवियन शासक मुआमर गद्धाफीका परिवार देश छोडेर अल्जेरिया भागेका छन् । विद्रोहीको सम्भावित हमलाबाट बच्न गद्धाफीका परिवार अर्कै देशमा सरेको बताइएको छ ।

गद्धाफीका १ श्रीमति, २ छोरा र १ छोरी देश छोडेर अल्जेरिया गएको अधिकारीहरुले पुष्टि गरेका छन् । महिनौँ यता आन्दोलन चर्कदै जाँदा अहिले गद्धाफी बस्ने घरभित्र विद्रोहि छिरिसकेका छन् । त्यहाँको परराष्ट्र मन्त्रालयले गद्धाफीकि श्रीमति साफिया, छोरी आयसा, छोराहरु मोहमद र हनिवलले सोमबार लिविया छोडेको पुष्टि गरेको छ ।

लिवियामा अहिले पनि आन्दोलन जारी छ । विद्रोहीहरुले राजधानी त्रिपोलीका अधिकाँश भाग कब्जा गरेपनि शासक गद्धाफीले भने कि त सहिद हुने या त विजय हुने भन्दै विद्रोहीसँगको लडाँई जारी राखेका छन् । तर स्वयं गद्धाफी अहिले कहाँ बसिरहेका छन् भन्नेबारेमा भने केहि बताइएको छैन । - Solidaritykhabar

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates