क्यानडामा विमान दुर्घटनाहुँदा १२ यात्रुको मृत्यु
४ भदौ, एजेन्सी । क्यानडाको आर्टीकमा विमान दुर्घटना हुदा १२ यात्रुको मृत्यु भएको छ । यल्लो नाइफबाट रिसोल्युट बेका लागी उडान भरेको बोइङ सेभेन त्री सेभेन जेट विमान दुर्घटनामा अन्य तीन जना घाइते भएका छन । विमानमा चालक दलका सदस्य सहित १५ जना यात्रु रहेका थिए ।
विमान रिसोल्युट बेको विमानस्थल नजिकै एक सानो डाडामा दुर्घटना भएको हो ।




