चितवन रत्ननगरमा खानेपानीको ओभरहेड ट्यांकी निर्माण गर्न माग
Sunday, 7 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २२ चितवन। रत्ननगर नगरपालिकाको पा“च नम्बर वार्डका स्थानियबासीले खानेपानीको समस्या भएको भन्दै ओभरहेड  ट्यांकी निर्माण गर्न माग गरेका छन् । रत्ननगर नगर पालिकाको आवधिक योजना निमाणका लागि आज बाघमारामा भएको वडा स्तरीय भेलामा सहभागीहरुले शहरी क्लिनिकको भौतिक पूर्वाधार विकास गरि विशेषज्ञको सेवा उपलब्ध गराउनु पर्ने , प्रत्येक टोलमा महीला स्वयम सेविकाको सेवा उपलब्ध गराउनु पर्नेमा समेत जोड दिएका थिए ।

आवधिक योजना निर्माणका लागि सहजिकरण गरि रहेको लुम्बिनी सामाजिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा स्थानिय राजनैतिक दल , बिभिन्न संघसस्था, आमा समुहका प्रतिनिधिको सहभागिता रहेको थियो ।उनिहरुले बाघमारा चित्रसारी क्षेत्रमा बिधुत् भोल्टेजमा देखिएको समस्या समाधान गर्नु पर्ने , टेलिफोनको सेवा सबै ठाउमा विस्तार गर्नु पर्ने , मोटर बाटोमा ढलको व्यवस्था गर्नु पनेर्मा समेत जोड दिएका थिए ।

स्थानिय सामुदायिक भवनमा भएको भेलामा वडाका प्रमुख समस्या ,समस्या समाधानका लागि गर्नु पर्ने काम लगायतका बिषयमा छलफल हुनुका साथै पा“च बर्ष भित्र गर्नु पर्नेकामको प्राथमिकिकरण गरि सुचिकृत गरिएको थियो ।आवधिक योजना निर्माण तथा कार्यान्वयमा पहलका लागि भेलाले रत्ननगर नगरपालिकाको बडा नम्बर ५का सचिव राजशरण न्यौपाने संयोजकत्वमा ९ जनाको समिति गठन भएको छ ।कार्यक्रम बाघमारा ५ का जेष्ठ नागरीक गौरीराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates