कतारमा विशेष सांगीतिक प्रस्तुतिका साथ तीज मनाउने भव्य तयारी
Thursday, 18 August 2011 Posted by कृष्णपक्ष थापा

रवि रोषी, दोहा - महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कतारमा विशेष चिज गीत तथा दर खाने कार्यक्रमको आयोजना हुने भएको छ ।


नेपाल लोकतान्त्रिक मञ्च आयोजक तथा प्रनेश बचत सहकारी संस्था लि. प्रायोजक रहेको सो कार्यक्रमको सांगीतिक विशेष कार्यक्रम दोहाको सिटी प्लाजा होटलमा हुने भएको छ । इदको पहिलो दिन गरिने सो कार्यक्रम महिला एकताको आधार, सँस्कृति जगेर्नाको पूर्वाधार भन्ने नाराको साथ सम्पुर्ण महिलाहरुले ऐक्यबद्धता जनाई भव्य उपस्थितीको लागि पनि मञ्चले आव्हान गरेको छ ।


विगतका केहि बर्ष देखि हरितालिका तीज पर्वको अवसरमा कतारमा रहने सम्पुर्ण महिलाहरुले नियमित रुपमा मनाउँदै आएका छन् । गत बर्षको तीज भन्दा यस बर्षको तीजलाई विशेष रुपमा भव्यताको साथ मनाउनका लागि हामीले थप विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखेका छौँ, कार्यक्रम संयोजक भेषराज पराजुलीले बताए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates