उद्योगी अमात्यलाई रिहाई गर्न माग
Friday, 5 August 2011 Posted by कृष्णपक्ष थापा

 साउन २० काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ सहित तीन वटा संस्थाले उद्योगपति पीयूषबहादुर अमात्यलाई ठगीको आरोपमा पक्रिएकोमा भत्र्ससना गर्दै तत्काल रिहाई गर्न माग गरेका छन् ।

महासंघ सहित नेपाल चेम्बर अफ कमर्स र होटल संघ नेपालले आज विज्ञप्ती जारी गरेर अमात्यलाई पक्राउ गरेकोमा भत्र्सना गर्दै रिहाइको माग गरेका छन् ।

दि फूलबारी एण्ड स्पाका कार्यकारी अध्यक्ष एवम् उद्योगपति अमात्यलाई एकाएक ठगीको आरोपमा पक्राउ गरिएको घटनालाई उनीहरुले स्वदेशी उद्योपतिलाई दोष र अपराध प्रमाणित हुनुभन्दा अघि नै प्राकृतिक न्याय सिद्धान्त विपरित अपराधी कायम गराउन खोज्नु आफैंमा दुरासययुक्त रहेको जारी विज्ञप्तीमा उल्लेख छ । उनिहरुले उद्योगी अमात्यलाई न्यायिक रिहाईका लागि जोडदार माग गरेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates