गैर आवसिय नेपाली संघ जर्मनीको बेर्लिनमा २९ अगस्तका दिन साधारण सभा सम्पन्न
Saturday, 20 August 2011 Posted by कृष्णपक्ष थापा

हरि न्यौपाने, जर्मनी - यही आउदो २०११ अगस्त महिना २९ तारिख सोमबारका अन्तराष्ट्रिय दिन गैर आवासिय संगठन राष्ट्रिय समन्वय समिति जर्मनीको साधारण सभा सम्पन्न लागेको छ। उक्त् निर्णय १२ जुलाईमा सम्पन्न भएको एन आर एन जर्मनीको कार्य समिति बैठकले निर्णय गरेको थियो, बैठकमा सम्रक्षक श्री राम प्रताप थापा ज्यु र अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य श्री कुमार पन्त ज्युको समेत् उपस्थिती रहेको थियो भन्ने जानकारी अध्यक्ष श्री दिल गुरुङ्ले दिनु भयो।



साधारण सभा तयारी समितिले नयाँ सदस्यता वितरण तथा नविकरण कार्यलाई अगष्ट २८ सम्म सम्पन्न गर्न र गराउन सम्पूर्ण कार्यसमितिका केन्द्रिय तथा छेत्रीय कार्यकारीणी सदस्यहरु र समस्थ जर्मन निवासी सम्पूर्ण दाजुभाइ तथा दिदीवहिनीहरुलाई उपस्तिको लागि हार्दिक अनुरोध गरेको छ। संस्थाको विद्यमान विधानमा देखिएका अप्ठ्याराहरुलाई ध्यानमा राखी आवश्यकता बमोजिम बिधान परिवर्तनका गर्ने जिम्मा समेत सम्रक्षक ज्युलाई दिएको कुरा बैठकमा सहभागिहरुबाट हुन आएको छ।




२९ अगस्तको दिन बर्लिनमा बस्ने भेलाले २-३ महिना भित्रमा राष्ट्रिय अधिबेशन सम्पन्न गराउने तयारीको जिम्बेवारी अलवा अन्तरराष्ट्रिय समानवय परिषदमा सहभागि हुनलाई सदस्यको चयन, रिक्त रहेको पदमा पद पुर्ती, निस्किर्य सदस्यलाई कार्यकारीणी सदस्यको जिम्बेवारि बाट पदमुक्त गर्ने छ। कार्यक्रममा भाग लिने आधिकारिक् मान्यता प्राप्त गर्नलाई, अगाडि नै भने बमोजिम नयाँ सदस्यता वितरण तथा नविकरण गर्नुपर्ने प्रावधान अनुसार उक्त सिमा निर्धारण गरेको बताईएको छ। नयाँ सदस्यता प्राप्ति तथा नविकरणका लागि कार्यसमितिका कुनै पनि सदस्यहरु सम्पर्क गर्न संस्थाले आह्वान पनि गरेको छ।



नेपाली चेलीहरुको महान पर्बको "तीज" पर्बको उपलक्षमा हामी एन आर एन ए जर्मनी संसारभरिका नेपाली चेलीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दै नेपाल र नेपालीको मौलिक चिनारी दिलाउने यस्ता खाले चाडहरुमा सधैं-सधैं एक्यबद्दता र सक्रिएता रहने जानकारी गराउदै यो पर्बले चेली-माइतिको पवित्र बन्धन कहिल्यै नटुटोस भन्ने सन्देस संसारभरका चेली-माइती मार्फत पुर्यौन चाहन्छौ।






सचिब
हरि न्यौपाने
गैर आवासिय नेपाली संघ केद्रिय तदर्थ समिती जर्मनी

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates