बनेपामा जारी अन्तरमिडिया कप फुटबलका चार ओटा खेल सम्पन्न
अशोक महत
साउन १८ काभ्रे। काभ्रेको बनेपामा जारी अन्तरमिडिया कप फुटबल प्रतियोगिता अन्तर्गत आजका चार ओटा खेल सम्पन्न भएका छन्। बनेपाको चाइना टाउन खेल मैदानमा बिहान साढे ७ बजे देखि जारी आजका खेल अन्तर्गत पहिलो खेलमा चेष्टा साप्ताहिकले ग्रेस एफएमलाई २÷१ गोल अन्तरले पराजित गरेको छ।
यस्तै दोश्रो खेलमा रेडियो एबिसीलाई र खबरचौतारी साप्ताहिकले ९÷० गोल अन्तरले पराजित गर्दै जित हात परेको छ। यसैबीच प्राइम एफएम र सुनकोशी साप्ताहिक बिचको खेल भने ३÷३ गोलको बराबरीमा सकिएको छ। यसैगरी आजको चौथो तथा अन्तिम खेलमा मध्यपुर्ब एफएम र नवक्षितिज साप्ताहिक बीचको खेल पनि केहीबेर अघि सम्पन्न भएको छ।
सम्पन्न खेलमा नवक्षितिज साप्ताहिकले मध्यपुर्ब एफएमलाई ६÷१ को गोल अन्तरले पराजित गरेको छ।




