कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी
कूल तामाङ्ग
साउन २० काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा नियमावली संशोधनबारे छलफल भइरहेको छ । कांग्रेसमा केन्द्रीय समितिलाई बलियो बनाउने या सभापतिलाई बलियो बनाउने भन्ने विषयमा नेताहरुबीच फरक फरक मत देखिएको छ ।

यसअघिको बैठकमा प्रस्तुत गरिएको संशोधित नियमावलीले पार्टी सभापतिको अधिकार कटौती गरिएको भन्दै संस्थापन पक्षले आपत्ति जनाएको छ । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरू भने पार्टीको १२ औं महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समितिलाई बलियो बनाउनुपर्ने पक्षमा देखिएका छन् । आजको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा भने सहभागी हुनुभएको छैन ।




