नव निर्वाचित प्रधानमन्त्रीलाइ हार्दिक बधाई !
मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाइ हाम्रो हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना छ।
उहाँ व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनमा ३४० मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ ।उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले २३५ मत प्राप्त गर्नु भएको थियो ।




