बहुमतीय सरकार बने एमाले प्रतिपक्षमा बस्ने संसदीय विभागको प्रस्ताव
Thursday, 18 August 2011 Posted by कृष्णपक्ष थापा




१ भदौ, काठमाडौं । नेकपा एमालेको संसदीय विभागले बहुमतीय सरकार बन्ने अवस्था आए प्रतिपक्षमा बस्ने प्रस्ताव अघि पारेको छ ।

विभागको बिहीबार बसेको बैठकले शान्ति, संविधान र सहमतिको संयुक्त सरकारका लागि अघि सारेको दशबुँदे प्रस्तावमा बहुमतीय सरबार बन्ने अवस्था आए प्रतिपक्षमा बसेर र शान्ति र संविधानका पक्षमा रचनात्मक भूमिका खेल्ने उल्लेख छ । एमालेका तर्फबाट सरकारको नेतृत्व दाबी नगर्ने र राष्ट्रिय संयुक्त सरकार गठनका लागि अधिकतम प्रयोग गरिनुपर्ने उल्लेख छ ।

संयुक्त सरकारको नेतृत्वका लागि चक्रिय प्रणालीमा सहमति कायम गर्न कोसिस गरिनुपर्ने, यसअन्तर्गत नयाँ संविधान घोषणासम्म पहिलो र संविधानको घोषणापछि अर्काेले नेतृत्व गर्ने र सहमतिको सरकार निर्माण गर्दा नै सरकार सञ्चालनको विधि, आचारसंहिता तथा शक्तिको बाँडफाँडमा सहमति कायम गरिनुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा शान्ति र संविधानलगायतका विषयमा सहमति कायम गर्दा संवैधानिक समितिलाई सक्रिय बनाउन ध्यान दिन, संविधान प्रक्रियामा अहिलेसम्म भएका सहमतिबारे जनतालाई जानकारी दिइनुपर्ने र चालु आर्थिक वर्षको बजेट पारित गर्न पहल गर्ने रहेका छन् ।

विभागले आफ्नो १० बँदे प्रस्ताव पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको वार्ता टोलीलाई दिएको छ । प्रस्ताव स्थायी समितिको बैठकमा प्रस्तुत गरिने संसदीय विभागका प्रमुख शंकर पोखरेलले जानकारी दिनुभयो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates