झमककुमारीलाई मदन पुरस्कार
Saturday, 20 August 2011 Posted by कृष्णपक्ष थापा






३ भदौ, काठमाडौं । मदन पुरस्कार २०६७ साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीले ’जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृतिका लागि झमककुमारीलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी २ लाख रुपैया रहेको छ । सन् १९८० मा धनकुटाको कचिडेमा जन्मिएका झमककुमारीको जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिडडुल गर्न, बोल्न सक्नु हुन्न । तर, उहाँको दुबै गोडाको तीन औंला मात्र चल्छ । त्यही गोडाको औंलाको सहयोगमा धरै रचना प्रकाशित भइसकेको छ ।

पछिल्लो सयय प्रकाशित ‘जीवन काँडा कि फूल’ नामक आत्मकथात्मक कृति धेरैले मन पराएका छन् । झमककुमारीले संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रको योद्धाहरु, सम्झनाका बाछिट्टाहरु, झमक घिमिरेका कविताहरु, जीवन काँडा कि फूल, अवसानपछिको आगमन लगायतका कृति प्रकाशित छन् ।

मदन पुरस्कार गुठीले एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरुमध्ये एकलाई मदन पुरस्कार प्रदान गरिँदै आएको छ । मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो ।

पहिलो पटक २०१३ सालमा ‘हाम्रो लोकसंस्कृति’का लागि सत्यमोहन जोशी, ‘जनरल भीमशेन थापा’का लागि चित्तरञ्नज नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ का लागि बलराम जोशीलाई प्रदान गरिएको मदन पुरस्कार अहिलेसम्म ६६ जनाले पाइसक्नु भएको छ ।

यसैगरी जगदम्बा श्री पुरस्कार कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’का गीतकार श्रेष्ठलार्इ प्रदान गरिने पुरस्कारको राशी पनि २ लाख रुपैयाँ नै छ ।

जगदम्बा श्री नेपाली भाषा, संसकृति, सहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates