ज्यान मार्ने धम्की दिने पक्राउ
Saturday, 10 September 2011 Posted by कृष्णपक्ष थापा

फोन मार्फत ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पोखरा उपमहानगरपालिका ८ न्यूरोड बस्ने दिपक क्षेत्री, भरतपोखरी ३ बस्ने विक्रम भन्ने ऋषिराम भण्डारी, लेखनाथ नगरपालिका वडा नं २ बस्ने दिपक मल्ल र लेखनाथ भण्डारढीक बस्ने सशांक भट्टराई छन् । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल २ थान र एक राउण्ड गोली बरामद गरेको छ । उनीहरुले केहि दिन अघि पोखराका व्यवसायी रीबबहादुर थापालाई टेलिफोन गरी पैसा मागेको र पैसा नदिएपछि उनी चढ्ने गाडीमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates