आरम्भ नाटय डवलीको तीजमा मिलन लामा ।
Tuesday, 13 September 2011 Posted by कृष्णपक्ष थापा


प्रेम स्याङतान तामाङ

दोहा कतार

हिन्दु महिलाहरुको महाव पर्व हरितालिका तीज कार्यक्रम प्रवासमा रहेका नेपाली दिदीवहिनीहरुविच एक आपसमा खुसी सदभाव र साटसाट होस भन्ने उदेश्यका आफ्नो कला संस्कृतिको जर्गेना होस भन्ने हेतुले आरम्भ नाट्य डवली यूनिटद्धारा पनि केरला कल्चर सेन्टरमा भब्यताका साथ नेपाली दिदीवहिनीहरु तथा दाजुभाईहर विच तीज मनाइएको छ । आरम्भ नाटय डवलीका अध्यक्ष सुमन खातीको सभापत्विमा सम्पन्न सो तीज कार्यक्रममा प्रमुख अतिथि नेपाली नियोगका द्धितिय सचिव जय वहादुर राई अतिथिहरुमा भूजेल सेवा समाजका अध्यक्ष टंक भूजेल नवोदित मोवाइल पुस्तकालयका प्रथम उपाध्यक्ष तिर्थ संगम राई सान्ध्या ग्रुप अलखार मुग्लानी सौगत द्धैमासिक पत्रिकाका धनेश्वर जि।सी नेपालवाट चितवन धमाकका लागि आएका लोक गायक मिलन लामा नृन्य निर्देशक शिव वि।s आरम्भ नाटय डवलीका सम्पूर्ण कालकारहरुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुका साथै नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको वाक्लो उपस्थिति रहेको थियो । प्रमुख अतिथि र अतिथिहरुले तीजको शुभकामना दिएपछि लोक गाएक मिलन लामाद्धारा लोक गीत प्रस्तुत गरिएको थियो साँथै केही हाँस्य ब्याँग्य पनि । नाचगान कार्यक्रम पछि दिदीवहिनीहरुको दर खाने कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन आरम्भ नाटय डवलीका रविन खनाल र सविना थापाले गरेका थिए ।





कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates