हजार इजरायलीहरू मृत सागर (डेड-सी) मा निर्वस्त्र भए
Sunday, 18 September 2011 Posted by कृष्णपक्ष थापा

गत शनिबार एक हजार इजरायलीहरुले मृत सागरमा नांगै फोटो खिचाएर विश्व रेकर्ड कायम गरेका छन । वातावरण परिवर्तनका कारण संसारकै सब भन्दा होचो भूभागमा अवस्थित मृतसागरको अस्तित्व संकटमा परेको भन्दै अमेरिकी फोटोग्राफर स्पेंसर्स ट्युनिकले वातावारिनिय सचेतनाका लागि उक्त सामुहिक नग्न फोटो सेसन गराएको जानकारी दिएका छन । यस अघि नै संसारका बिभिन्न स्थानहरुमा न्युड फोटो सेसनका लागि चर्चित बनिसकेका फोटोग्राफर ट्युनिकको यस्तो प्रकारको क्रियाकलापले इजरायली समाजमा विकृति फैलाउन सक्ने भन्दै परम्परावादी इजरायलीहरु यस बिरुद्ध कानुनी कारवाहीमा जाने भएका छन ।


सत्र देखि सतहत्तर बर्ष समुहका सर्वाधिक नांगा व्यक्तिहरुको उपस्थिति रहेको सो सामुहिक नग्न फोटो सेसनमा कुनै अप्रिय घटना हुन् नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
















कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates