नव निवार्चित गुरुङ र अधिकारी लाई बधाई तथा शुभकामना
Saturday, 17 September 2011 Posted by कृष्णपक्ष थापा

भोला थापा क्षेत्री, दोहा १६ सेप्टेम्बर,

समाज विकाशमा प्रवासीको योगदान भन्ने मुल नाराका साथ सन २००२ मा स्थापना भएको सन्ध्या ग्रुप अल्खोर कतार ले सेप्टेम्बर १५ तारीक बिहीवार का दिन संस्थाका अध्यक्ष थर्च लामा को सभापतित्वमा नवनिर्वाचित एन आर एन का अध्यक्ष अमृत गुरुङ युवा संयोजक उमेश अधिकारी ज्यु लाई अल्खोर अलमिस्नाथ क्याम्पको आफ्नै कार्यकक्षामा बधाई तथा शुभकामना कार्यक्राम सम्पन गरेको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा एन आर एन का नवनिर्वाचित अध्यक्ष अमृत गुरुङ र युवा संयोजक उमेश अधिकारी कतार आदिवासी जनजाती महासंघका अध्यक्ष मान बहादुर लिम्बु ज्यु नेपाली रिसर्च विदेशी पाउनाका रुपमा पाल्नु भएका फ्रासका तिस्तान ब्रुसिली संस्थाका संरक्षक बिष्नु के सी संस्थापक अध्यक्ष सुरज तामाङ प्रमुख सल्लाहकार विरेन्द्र कु यक्थुम्वा भुत पू अध्यक्ष धन्ोश्यवर जि सी अतिथी का रुपमा रहनु भएको थियो । कार्यक्रम मा संध्या ग्रुप प्रथम उप अध्याक्ष हरिचन्द्र श्रेष्ठसोही संस्थाका प्रमुख सल्लाहकार बिरेन्द्र कु याक्थुम्बा भुपू अध्यक्ष धन्ोश्यवर जि सी ले बधाई तथा शुभ कामना मन्तब्य राख्नु भएको थियो ।
साथै प्रमुख अतिथी अध्यक्ष द्धारा आफ्नो कार्यकाल का लागी स्पष्ट कार्ययोजना चाडै नै मिडिया मार्फत अगाडी ल्याउने र मुख्यतय बैदेशी रोजगार र यसका समस्या चुनौती अनि हक हितका लागीनै लड्ने प्रण गर्नु भएको थिय भने कान्तिपुर टे्डिङ कतारका मेनेजर तथा एन आर एन का युवा संयोजक उमेश अधिकारी ज्यु ले आफ्नो कार्यकालमा पुर्ण जिम्मेवारी तथा बिश्वासका साथ कार्यवहन गर्ने छोटो मन्तब्य दिनु भएको थियो आदिबासी जनजाति महासंघका अध्यक्ष मान बहादुर सावा द्धार एन आर एन को मुख्या उदेश्य यसको अर्थ र किन स्थापना भएको र यसले सम्पूर्ण संघ सस्थालाई अगाल्ने निती लिदै अगाडी बढ्न सल्लाह दिनु भएको थियो र विदेशी पाउना तिस्तन ब्रुसीली जो फ्रान्सेली नागरीक जसले नेपालीहरुको बारेमा अध्ययन अनुसन्धान गरिरहनु भएको छ र उहाले पनि नेपाल र नेपालीको बारेमा राम्रै कुरा गर्दै नेपालीमै मनतब्य दिनु भएको थियो र सोही सस्थाका संरक्षक बिष्न के सी ज्यू ले वैदेशीक निती लाई समयमानै सबैले थाहा पाउनु पर्ने र यसमा एन आर एन ले विशेष पहल गर्नु पर्ने धारण ब्यक्त गर्नु भएको थियो र भुत पू अध्यक्ष धन्ोश्यवर जि सी ज्यु ले शुभकामना का साथ आम नेपाली लाई एन आर एन थाहा नभएको र यसलाई पहिचान गर्न विशेष भुमीका का साथ वैदेशिक रोजगार र यसका समस्यालाई नै जोड दिदै बोल्नु भएको थियो ।

प्रमुख अतिथी अध्यक्ष गुरुङ तथा युवा संयोजक उमेश अधिकारी ज्यु लाई संस्थाका संरक्षक बिष्नु के सी ज्यु ले निर्वाचित हुनु भएको मा मायाँ को चिनो तथा खादा ओडाएर सम्मान गर्नु भएको थियो ।उक्त बधाई तथा शुभ कामना कार्यक्रम कार्यक्रम सध्या ग्रुप महा सचिव चन्द्र कुमार थापा ज्यु बाट संचालन गर्नु भएको थियो भने सभापतिमा रहनु भएका संस्थाका अध्यक्ष थर्च लामाले एन आर एन एन सि सी संस्थालाई आगामी दिनहरुमा गरिने कर्णहरु मौखिक नभई गरेर देखाउनु पर्नेमा जोड दिदै नवनिर्वाचित कार्यसमितीको लागी अगि्रम शुभकामना ब्यक्त गर्दै कार्यक्रमको सर्िजन गरेका थिए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates