घिमिरेको नागरिकता प्रकृया गृहमा
Monday, 5 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाण्डौ, २०६८ भाद्र १९, सोमवार

निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्र क्षेत्रका लागी पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै चलचित्र विकास बोर्डको सिफारिसमा प्रदान गर्न लागिएको सम्मानित नागरिकताको प्रकृया गृह मन्त्रालयमा पुगेको छ । निर्देशक तुलसी घिमिरे स्वयमले दिएको जानकारी अनुसार नागरिकताको प्रकृया बोर्ड हुदै सञ्चार मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेको हो ।

नेपाल र नेपाली चलचित्र आफुलाई अत्यन्त प्यारो लाग्ने बताउदै घिमिरेले बोर्डले गरेको निर्णयको प्रशंसा गरे । 'नेपाल सरकारले कला क्षेत्रमा सक्रिय ब्यक्तिरुको सम्मान गर्न थालेको छ', घिमिरेको प्रतिक्रिया थियो । आफुलाई मात्र नभएर चलचित्र विकास बोर्डको सिफारिसमा सरकारले अन्य ब्यक्तिहरुको पनि सम्मान गर्न थालेको बताउदै घिमिरेले बोर्डलाई आभार ब्यक्त गरे । नेपाली चलचित्र क्षेत्रमा माइलस्टोन सिनेमा दिन सफल घिमिरेले निरन्तर यहि क्षेत्रमा लाग्ने समेत बताएका छन् ।

आफुलाई नेपाल प्यारो लाग्ने र नेपालीहरु आफ्नै परिवार लाग्ने भएकोले नेपाल र नेपालीको पहिचान बोक्ने चलचित्र बनाउने गरेको घिमिरेले प्रतिक्रिया दिए । उनले पछिल्लो शान्तिका प्रतिक भगबान गौतम बुद्ध नेपालमा जन्मीएको भए पनि अन्यत्र जन्मीएको प्रचार बिदेशमा भएको प्रति चिन्ता ब्यक्त गर्दै बुद्ध बारे चलचित्र बनाइरहेको जानकारी दिए । उनले बुद्धको बारेमा एनिमेटेड चलचित्र मार्फत बुद्धको बारेमा जानकारी दिने बताए ।

पछिल्लो समय निस्कृय भएको जस्तो देखिए पनि आफुले निरन्तर चलचित्रको प्लान गरेको उनले बताएका छन् । चलचित्र बजारमा आउन केही ग्याप भएको भए पनि आफु निरन्तर आन्तरिक तयारी गरिरहेको घिमिरेको प्रतिक्रिया छ । उनले बृद्ध भत्ता पाउने चलचित्रकर्मीको सख्या तथा भत्ता रकम बढाउने, चलचित्र बारे पढ्ने बिद्यार्थिले पाउने छात्राबृत्तिको रकम बढाउने लगायत स्टुडियो निर्माण गर्ने बारे विकास बोर्डले गरेको निर्णयको खुलेर प्रशंसा गरे । फिल्मीखबर

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates