एनआरएनको विश्व सम्मेलनमा युरोपियन समन्वय परिषदको संयोजक पदका लागि उम्मेद्बारीको घोषणा
Saturday, 24 September 2011 Posted by कृष्णपक्ष थापा

ओमर गोर्खाली,
जर्मनी - यही असोजको अन्तिम साता काठमण्डौंमा हुन गैरहेको एनआरएनको विश्व सम्मेलनमा युरोपियन समन्वय परिषदको संयोजक पदका लागि जर्मनीका युवा ब्यवशायी कुमार पन्तले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन्। उनी अहिलेको कार्यसमितिमा अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य छन्। सन् २००० देखी जर्मनीमा बसोवास गर्दै आइरहेका पन्त जर्मनीमा सफल होटल ब्यवशायी मध्येमा चिनिन्छन्। २०३३ सालमा गोरखाको फुजेल गाउँ बिकासमितिमा जन्मेका पन्तले स्नातक सम्मको अध्ययन नेपालमै पुरा गरेका हुन्। जर्मनीमा ब्यवस्थापन संकायको बिद्द्धार्थी रुपमा प्रवेश गरेका पन्त पढाईकै शिलसिला होटल ब्यवसाय तर्फ तानिएका हुन्। अहिले उनी फ्रङ्फोर्टको अती ब्यस्त ठाँउमा रहेका होटल एभरेष्ट र होटल गोथेका प्रवन्ध निर्देशक हुन्।



उम्मेद्बारी घोषणा गर्दै उनले बेलायतमा बसोवास गर्दै आइरहेका गोर्खाहरुको समस्या समाधानका लागि एनआरएनले निर्णायक अभियान सुरु गर्ने बताए। उनले भने - गोर्खाहरुको समस्या भनेको त्यहाँको मात्रै सिमित समस्या होइन यो पुरै नेपाल र नेपालीको समस्या हो। उनले एकपटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको नारालाई मुर्त रुप दिन नेपाली बालबच्चाहरुका लागि नेपाली भाषाका स्कुलहरु ब्यापक रुपमा स्थापना गरिने जानकारी पनि दिए। उनले युरोपमा बसोवास गर्ने नेपालीहरुलाई उद्धमी बनाउन सहयोग जागरण अभियान चलाइने पनि बताए। उनले भने- बिदेशमा बस्ने नेपाली सक्षम भए त्यो सीप र पुँजी नेपालको उन्नतीमा महत्वपूर्ण हुनेछ। युरोपियन समन्वय परिषद संयोजकका लागि अहिले सम्म पन्त एक्ला उम्मेद्वार हुन्।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates