काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी ५ राउण्ड गोलि चल्यो, इस्लामी संघका महासचिवको गोली हानी हत्या
९ असोज, काठमाडौं ।
इस्लामी संघ नेपालका महासचिव फैजाद अहमदको गोली हानी हत्या गरेको छ । महानगरीय प्रहरी प्रभाग रानिपोखरी नजिकै रहेको जामे मस्जिदमा नमाज पढेर घण्टाघर मुनी आइपुगेका ३५ वर्षीय अहमललाई सोमबर अपराह्न २ जनाको हतियारधारी समूहले गोली हानेको थियो ।
गोली लागि गम्भीर घाइते भएका सुनसरी भोक्राहका अहमललाई तत्काल वीर अस्पताल पुर्याएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चार राउण्ड गोली चलाएपछि हतियारधारी समूह कमलादीतर्फ भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले घटनामा संलग्नहरुको खोजी सुरु भइसकेको बताएको छ ।




