इजरायलमा पहिलो पटक रेकर्ड गरिएको सांगीतिक एल्बम "पर्खाइमा"को विमोचन सम्पन्न
Sunday, 4 September 2011 Posted by कृष्णपक्ष थापा

इजरायलमा पहिलो पटक रेकर्ड गरिएको सांगीतिक एल्बम "पर्खाइमा"को विमोचन सम्पन्न

यही सेप्टेम्बर २तारिख शुक्रबार साँझ इजरायलमा नवोदित गायक ओम प्रसाद प्रसाईले इजरायल मै रेकर्ड गरिएको आफ्नो पहिलो सांगीतिक एल्बम पर्खाइमाको विमोचन गरेका छन । तेल अभिभस्थित बेत बार्बर हलमा आयोजित "शायद" चलचित्रको प्रिमियर शो संगै नेपालबाट आएका कलाकार सुनिल रावल र झरना थापा लगायतको उपस्थितिमा सामुहिक रुपमा गरिएको उक्त सिडी विमोचनका अवसरमा शायदका अन्तर्राष्ट्रिय प्रवर्द्धक मोहन डोटेल, सागर भुषाल, सुमन कार्की तथा शिव केसीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा गायक ओम प्रसाईले सोही एल्वम पर्खाइमाबाट 'आज तिम्रो सम्झना' र 'मन मेरो' बोलको गीत गाएर दर्शकसामु सुनाएका थिए । 'शायद' चलचित्र प्रदर्शनको क्रममा बिच बिचमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमहरुको क्रममा सो एल्वम बिमोचन भएको थियो ।




नेपाली पप र आधुनिक गीतहरु समेटिएको सांगीतिक क्यासेट 'पर्खाइमा' भित्र सातवटा सुमधुर गीतहरु रहेका छन । रोशन लामाको एउटा गीत बाहेक सम्पूर्ण गीतहरुमा ओम प्रसाईले स्वर दिएका छन । पर्खाइमाका गीतहरु तेल अभिभको रामत हा शरोन स्थित जिनियस - A रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates