माओवादीका ११ नेता तथा कार्यकर्तालाई भारतमा कैद सजाय
Monday, 12 September 2011 Posted by कृष्णपक्ष थापा

भारतको पटना उच्च न्यायालयले एकीकृत नेकपा माओवादीका ११ नेता तथा कार्यकर्तालाई दुईदेखि सात वर्षसम्म कैद र तीन लाखदेखि सात लाख रुपैयाँसम्म जरिवाना गर्ने फैसला सुनाएको छ । न्यायालयले गत साता यस्तो फैसला सुनाएको हो । ती नेतालाई राज्यद्रोहको मुद्दमा पटनाका विभिन्न बन्दीगृहमा २०६१ साल जेठदेखि असारसम्म राखिएको थियो ।





पटनामा जेल पर्ने एकीकृत माओवादीका केन्द्रीय नेताहरुमा कुलप्रसाद केसी, लोकेन्द्र बिष्ट, तारा घर्ती मगर, कुमार दाहाल, अनील शर्मा, हितबहादुर तामाङ, चित्रबहादुर श्रेष्ठ, दिलीप महर्जनका साथै जिल्लास्तरीय नेताहरु मीनप्रसाद आम्गाई, श्यामकिशोर यादव र सुमन तामाङ छन् । उनीहरुलाई उच्च न्यायालयले तारिखमा रिहा गरेको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates