माओवादी अध्यक्ष र उपाध्यक्ष वैद्य छलफलमा
१३ असोज,काठमाण्डौ
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको विवादका विषयमा आज वरिष्ठ उपाध्यक्ष मोहन वैद्यसँग छलफल गर्दै हुनुहुन्छ ।
सरकार गठनका क्रममा भएको चार बुँदे सहमतिका विषयमा वैद्य समूहले आपत्ति जनाउँदै आएपछि अध्यक्ष प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ । उहाँहरुबीच आज यही विषयमा छलफल हुने भएको छ । यसैबीच आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक दसैं पर्व परेको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ ।





