भोका कुकुरहरुले आफ्नो मालिकलाइ नै मारेर खाइदिए
Saturday, 10 September 2011 Posted by कृष्णपक्ष थापा

उसलाई थाहा थिएन कि जब उ छुट्टी मनाएर घर फर्कनेछ, उसलाई आफ्नै पाल्तु कुकुरले मारेर खानेछन । सुन्दा आश्चर्यजनक लागे पनि इन्डोनेशिया को मनाड़ोमा वसोवास गर्दै आएका आन्द्रेइ लम्बोगा दुइ हप्ता पहिले छुट्टी मनाउन गएका थिए, तर उनले घर बाहिर जानु अघि कुकुरहरुलाइ खानेकुराको बन्दोबस्त गर्न बिर्सेका रहेछन । उक्त समयमा उसले पाल्दै आएका सात कुकुरहरुले केहि खान पाएनन् । जब उनी छुट्टी मनाएर फर्किए, ती कुकुरहरुले उनमाथि हमला गरे र उनलाई नै मारेर २ हप्तादेखिको भोक शान्त पारे ।

यो घटना बारे खबर त्यसबेला मिल्यो जब त्यस इलाकाका चौकीदारले उनी छुट्टी बाट फर्केको पांच दिन बितिसक्दा पनि उनको सुटकेश घर बाहिर नै राखिएको देखे । यस बारे बुझ्न उनको घर पुग्दा घरबाट दुर्गन्ध आएकोले शंका लागि प्रहरीलाई खबर गरे । प्रहरीको त्यसबेला सातो पुत्लो उड्यो जब उनीहरुले देखे कि आन्द्रेइ को शरीर छिन्नभिन्न बनाएर खाईएको अवस्थाका हड्डीहरु फेला पारे । उनको टाउकोको हड्डी भान्सामा भेटिएको थियो भने अरु भागका हड्डीहरु घरबाहिर ।




घटनाको प्रारम्भिक अनुसन्धान बाट प्रहरीहरुले उनलाई २ हप्ता देखि भोकाएका उनका कुकुरहरुले नै मारेर खाएको निर्क्यौल गरे । घटनास्थल बाट २ वटा कुकुरको पनि हड्डी बरामद भएको छ ।


कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates