देउवा पक्षले पार्टीलाई क्षति नपुर्याउने गरी आन्दोलन गर्ने
Thursday, 22 September 2011 Posted by कृष्णपक्ष थापा

भातृ संगठन विघटन गर्ने निर्णयको विरोधमा उत्रिएको नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षले पार्टीलाई क्षति नपुर्याउने गरी आन्दोलन गर्ने भएको छ ।

देउवा समूहको बिहीबार साँझसम्म बसेको बैठकले पार्टीलाई क्षति नपुर्‍याउनेगरी थप दबाब दिने निर्णय गरेको हो ।देउवा पक्षले चार भातृ संगठन विघटन गर्ने निर्णय सच्चाउनै पर्ने अडान राखेका छन् ।
देउवा समूहले चार भ्रातृ संस्थाको नेतृत्व विघटनबारे सवै तहमा छलफल गर्ने निर्णय गरेको छ । देउवा समूहले बहिष्कार गरे पनि सभापति सुशील कोइरालाले चार भ्रातृ संस्था विघटन गरेपछि कांग्रेसमा विवाद चुलिएको छ ।

यसैबीच, आजै पार्टी सभापति सुशिल काइरालाले विवाद नचर्काउन देउवालाई आग्रह गरेका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates