लैनचौरको डिभाइडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
Friday, 30 September 2011 Posted by कृष्णपक्ष थापा

काठमाडौँ, असोज १३, काठमाडौँको लैनचौरमा आज बिहान मोटरसाइकल दुघर्टना हुँदा २५ वर्षीय महेश महर्जनको मृत्यु भएको छ। लाजिम्पाटबाट लैनचौरतर्फ आउनेक्रममा बा.४०प ७८९८ नम्बरको मोटरसाइकल लैनचौरको रोड डिभाइडरमा ठोक्किएर घाइते भएका महर्जनको आज बिहान ३ बजे वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

महानगरीय प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार मोटरसाइकल पछाडि बस्ने अमृत श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाबारे बुझ्ने काम भइरहेको छ। रासस

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates