पोर्चुगलमा मोनाले भलिबल प्रतियोगिता आयोजना गर्ने
Sunday, 18 September 2011 Posted by कृष्णपक्ष थापा

आश्विन

शाही लिस्बोन खेलकुद सास्कृतिक बनभोज जस्ता रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको म्याग्देली प्रबासी नेपाली संघ "मोना" पोर्चुगलले आगामी २ अक्टुबर आइतबारका दिन दिनको २।३० बजे देखि इस्कोला कामोइस एस्ताफानियाको कभर्ड हलमा संचालन हुने उक्त भलिबल प्रतियोगितामा पोर्चुगलमा रहेका बिभिन्न संघ सस्था तथा खेल प्रेमी दाजु भाई हरुले आफ्नो टीम बनाई उक्त भलिबल प्रतियोगितामा सहभागी भई दिनु हुन म्याग्देली प्रबाशी नेपाली संघ "मोना" पोर्चुगलले हार्दिक आग्रह गरेको छ।


नेपालमा बिभिन्न क्षेत्रिय एबं राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा समाबेस भैसकेका प्रतिभा शाली खलाडी हरु को समेत पोर्चुगलमा उपस्थित रहेकोले उक्त प्रतियोगिता प्रतिस्पर्धामक र मनोरंजन पूर्ण हुने विश्वास गरिएको छ।

बिजया दशमी एबं सुभ दिपावली को सुभकामना संगै संचालन हुने उक्त भलिबल प्रतियोगिता मा पोर्चुगलमा रहनु हुने सुम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा उक्त भलिबल प्रतियोगितामा उपस्थित भई खेलाडी साथीहरुलाई हौसला बढाई दिनुका साथै एक आपसमा शुभ कामना आदान प्रदान गर्न समेत अनुरोध गरिन्छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates