नवलपरासीमा चोरी नियन्त्रण हुन सकेन, अमरापुरीका तीन घरमा चोरी
Tuesday, 27 September 2011 Posted by कृष्णपक्ष थापा

नवलपरासी, असोज १० गते,

दसैं नजिकिदै जाँदा लुटपाट, चोरी, डकैती लगायतका घटना बढ्न थालेपछि नियन्त्रण गर्न प्रहरीले नवलपरासी भित्र पर्ने पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा २४ सै घण्टा गस्ती सुरु गरेपनि चोरी नियन्त्रण हुन सकेको छैन । गएराती करिब २ बजेतिर नवलपरासीको अमरापुरीमा चोरी भएको छ । अमरापुरी–५ स्थित मालती शर्मा, विकि शर्मा कँडेल र सुष्मा आलेको गरी तीन घरबाट ३ तोला सुन र केही नगद चोरेका छन् । प्रहरी कार्यालय रजहरले चोरहरूको खोजी भइरहेको जनाएको छ । लुटपाट, चोरी, डकैतीलगायतका घटना नियन्त्रण गर्न प्रहरीले २४ सै घण्टा गस्ती सुचारु गरेको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates