अर्थमन्त्री बर्षमान पुनद्वारा एकजुट हुन आग्रह
Thursday, 8 September 2011 Posted by कृष्णपक्ष थापा

अर्थमन्त्री बर्षमान पुनले पर्यटन क्षेँत्रको विकासका लागि एकजुट हुन आग्रह गर्नुभएको छ। नासा बुलेट युवा क्लवको मोटरसाइकल र्‍याली उद्घाटन गर्दै अर्थमन्त्री पुनले देशको आर्य आर्जनको मुख्य श्रोतको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा सबै एकजुट हुनुपर्ने बताउनुभयो।

फरक प्रसंगमा मन्त्री पुनले मुलुकको शान्ति प्रक्रिया र संविधान लेखन कार्यप्रति जनतालाई जागृत गराउर्दैं नेताहरुलाई जिम्मेवान बनाउन आग्रह गर्नुभयो। राजधानीको शान्तिनगरबाट शुरु भएको मोटर साइकल र्‍याली काभ्रेको बनेपा-बर्दीबास सडक हुंदै सिरहाको लहान धरान भेडेंटार झापा इलाम पांचथर हुदैं ताप्लेजुङ पुग्नेछ। भदौ २८ गते ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगी र्‍याली पुनः काठमाडौ फर्किने छ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates