लुटेरा समूहबाट हतियार बरामद
Sunday, 11 September 2011 Posted by कृष्णपक्ष थापा

२६ भदौ, कैलाली । प्रहरीले लुटेरा समूहको साथबाट गएराति कैलालीमा हतियार र गोलीगठ्ठा बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको मालाखेती गाविस -३ बाट थान पेस्तोल र १ थान रिभोल्वरसहित केही राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रमुख उपरीक्षक वसन्त पन्तले गस्ती टोली देखेर मोटरसाईकलमा रहेको लुटेरा समूह भागेपछि पिछा गर्दै जाँदा उक्त हतियार बरामद भएको जानकारी दिए ।

प्रहरीको गाडीले खेदेपछि दुईवटा मोटरसाइकलमा रहेका ६ लुटेरा मोटरसाइकल सडकमा छोडेर कञ्चानपुरको कृष्णपुर जङगल क्षेत्रमा पसेका थिए । फालिएको मोटरसाइकल बाट उक्त सामान बरामद भएको प्रहरीले बताएको छ । उपरीक्षक पन्तले जङ्गल क्षेत्रलाई घेरा बन्दी गरी लुटेरा समूहको खोजीकार्य तीव्र पारिएको जानकारी दिए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates