बडा दशैं साँस्कृतिक साँझको तयारी पुरा
Saturday, 1 October 2011 Posted by कृष्णपक्ष थापा

राजेश्वर ढकाल, दोहा- मनकामना नेपाली कला केन्द्रको सहयोगार्थ हिन्दुहरुको महान् पर्व बिजया दशमी २०६८ को अवसरमा "बडा दशै साँस्कृतिक साँझ - २०६८" को तयारी पुरा भएको छ ।

सो जानकारी ब्यवस्थापक आदित्य राजले दिएका हुन् । मनकामना नेपाली साँस्कृतिक परिवार तथा Skill Tech Trading & Contg. Co. / Integral Trading & Contracting Co. (स्किल टेक ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी र इन्टिग्रल ट्रेडिङ एण्ड कन्ट्रयाकटिङ कम्पनी ) को संयुक्त आयोजनामा हुन लागेको हो ।
अक्टोवर ७ शुक्रवार दोहा सिनेमा हलमा २ बजे र ६ बजे गरी दुई शोमा हुने कार्यक्रममा नेपालबाट आउने चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोराजन प्रदान गर्ने छन ।

कार्यक्रम एक्सन नायक बिराज भट्ट , बोल्ड नायिका पुजना प्रधान, गायक प्रमोद खरेल, हास्य कलाकार शिव शंकर, दोहोरी गायक रामजी खाँड, गायिका मुना थापामगर, गायिका जुना प्रसाई, गायक गौरव दर्पण, चर्चित मोडेल तथा डान्सरहरु रमा अर्याल, उषा तामाङ्ग, सलिना कँवर खलनायक पुस्कर थापाको प्रस्तुती रहने छ ।
कार्यक्रममा मनकामना नेपाली साँस्कृतिक परिवारका कलाकारहरुको समेत विशेष प्रस्तुती प्रदर्शन गर्ने छन । कार्यक्रमलाई चर्चित उदघोषिका तथा मोडेल माजु पौडेलले सञ्चालन गर्ने छिन् ।



कतारी रियाल ४०, ५० र ७५ टिकट शुल्क रहेको कार्यक्रममा दर्शकहरुलाई सनैया तथा अलखोरवाट सिनेमाहल सम्मका लागि बसको समेत व्यवस्था गरिएको स्वयंसेवक संयोजक मिलन सुव्वाले बताए । मनकामना नेपाली साँस्कृतिक परिवारले स्थानीय कलाकारहरुलाई समेटेर कतारमा बिभिन्न सांगितिक कार्यक्रमहरु गर्दै आइरहेको तथा नेपाली कलाकेन्द्रको स्थापना गरेर बिभिन्न बिधामा संगित बाद्य बाधन तथा नृत्यमा प्रशिक्षण समेत दिदै आइरहेको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates