युवकको हत्या
Wednesday, 5 October 2011 Posted by कृष्णपक्ष थापा

धनगढी, आश्विन १९,

कैलालीको साडेपानी गाविस–६ मा एक २० वर्षीय युवकको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय लालबहादुर चौधरीको धारिलो हतियारले घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त पन्तले बताए ।

मृतकको शव गाउँ नजिकैको जङ्गलमा प्रहरीले फेला पारेको हो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले सोही ठाउँका तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा स्थानीय हिम खड्का, प्रकाश खड्का र बजिर खड्का रहेका छन् । रासस

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates