प्रवासी नेपाली सांगितिक परिवार सदस्य गुरुङको विदाई कार्यक्रम सम्पन
Sunday, 16 October 2011 Posted by कृष्णपक्ष थापा

भोला थापा क्षेत्री, दोहा (कतार) आस्विन २९,

नेपाली लोक सगिंतलाई संरक्षण, सर्बद्धन एवंम अनुपम कायमहरुको बृजारोपण गर्दै प्रवासी नेपाली सांगितिक कार्यक्रम सहित कतार स्थित एक सस्थामा निरतर महत्वपुर्ण योगदान पु¥याउदै आउनु भएकी नेपाली प्रवासी शोभा गुरुङको एक कार्यक्रम विच विदाई गरिएको छ । संस्थाका अध्यक्ष शक्ति बहादुर क्षेत्रीको सभापतित्व तथा समाजसेबी एवम एन आर एन कतारका युवा संयोजक उमेश अधिकारीको प्रमुख अतिथ्यमा मा गत १४ अष्टुवर २०११ का दिन टपफर्म रेष्टुरेन्टमा कार्यक्रम समपन्न भयो । ‘जल्लो हजुर घरको झुपडी , दैव कति साह्रै निष्ठुरी भइसनी , छुटाइ लगिस दिलको टुकडी वोलको गित सहित दिपक परिवारले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्नु भएको थियो । सस्थाले प्रवासमा रहेर साथै छरिएर रहेका प्रतिभाहरुलाई थुगाँथुगामा उनेर सुन्दर माला बनाउने प्रयास गरेकोमा कला र सस्कृति हामी नेपालीहरुको पहिचान भएकाले सबैले साथ दिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि अधिकारीले जोड दिनु भयो ।

साथै संस्थामा महत्वपूर्ण योगदान पु¥याउदै आएकी शोभा गुरुङको भावि जीवन यही क्षेत्रमा रही रहे एक दिन अवश्य सफल कलाकार हुने विश्वास व्यक्त गर्नु भयो । मनतब्यको क्रम सगैँ प्रनेश बचत तथा क्रृण सहकारी सचिव नबराज बिक अटल ले यस्ता समयको बावजुद समाजमा केही गरु भन्ने सोचले सकिृया रहदै आएकी शोभा गुरुङ को अभाव दोहा कतारमा कलाकारिता क्षेत्रमा महशुस हुने उहाँको भनाई थियो । सस्थाले नेपालका म्युजुक स्टुडियो, गेष्ट हाउस जस्ता आत्मनिर्भर हुने रोजगार कार्य स्वदेश मा खुलाएकाले इमान्दारिता तथा लगनशिल भएर लागे अवश्य नै मिठो फल प्राप्त हुने आशा राख्दै सवैलाई जिम्मेवारी पूर्ण ढंगले कार्य गर्न सम्मेत अनुरोध गर्नु भयो । कार्यक्रमका अवसरमा प्यूठान सेवा समाजका अध्यक्ष बलदेव राना, किरण दिप मल्ल ।
रोजगार मन्च डट कम का रुद्र दाहाल , कृष्ण दाहाल , तनहुँ सेवा समाजका सदस्य तथा मुग्लानी सौगात द्धैमासीक प्रत्रिकाका ब्यावस्थापक भोला थापा क्षेत्री ,जानुका थापा, लगायतकाले मनतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम आधुनिक लोक गित लगायत विभिन्न गित गाएर भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा विपिन लिम्बु , पुर्णिमा वि क ,रमेश परियार रामु बि क , मिलन लामा, शोभाखर बि क , पुनम लामा दिपक परियार लगायतका कलाकारहरुले बेजोड प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । संस्थाका सल्लाहकार चिरञ्जिवी तिमील्सिनाले सुन्दर प्रस्तुतीमा कार्यक्रम सन्चालन गरेका थिए ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates