राजमार्गका होटलहरुमा अनुगमन तीव्र
Monday, 3 October 2011 Posted by कृष्णपक्ष थापा

१६ असोज, काठमाडौँ । बाणिज्य विभाग र जिल्ला अनुमगन समिति धादिङको सक्रियतामा आज पनि राजमार्गका होटल तथा रेष्टुराँहरुमा छापा मार्ने कामलाई निरन्तरता दिएको छ ।

राजार्गका होटलहरुले बासी तथा सडेगलेका खानेकुरा खुवाउन गरेको तथा यात्रुहरुसँग जथाभावी रकम लिने गरेको जनगुनासो आएपछि प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अनुमगन गरी गल्ती गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएपछि अनुगमन तीव्र पारिएको हो । बढाएको हो । यसअघि विभागले हिजो पृथ्वी राजमार्गका नौबिसे र धार्केमा सञ्चालित होटलहरुको अनुमगन गरी बासी खुवाउने तथा माददण्ड पूरा नगरी सञ्चालन गरिएका चारवटा होटलमा तालाबन्दी गरेको थियो ।

जिल्ला अनुगमन समिति धादिङका अध्यक्ष एवं खाद्य निरीक्षक कृष्ण गैरेले अनुगमनका क्रममा होटलहरुले यात्रुहरुलाई बासी तथा सडेगलेका खानेकुरा बेच्ने गरेको, मूल्यसूची नराखी मनोमानी ढंगले यात्रुसँग पैसा असुल्ने गरेको तथा सञ्चालन अनुमति नलिइ होटल सञ्चालन गरेको पाइएको जानकारी दिनुभयो । प्रधानमन्त्री डा.भट्टराईले केही दिनअघि सम्बद्ध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर राजमार्गका होटलहरुमा अनुमगन गरी उपभोत्ताको स्वास्थ्यमा खेलबाड गर्ने तथा मनोमानी रकम लिएर सर्वसाधरण यात्रु ठग्नेलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिनुभएको थियो । राजमार्गमा यसअघि पनि अनुमगन गरिए पनि सामान्य चेतावनीमात्र दिएर बिनाकारबाही छाडिएको थियो ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates