बक्रइदको अबसरमा नुवाकोट सांझ
Monday, 31 October 2011 Posted by कृष्णपक्ष थापा

राजेश्वोर ढकाल, दोहा-कतार, कार्तिक १४,

नुवाकोट सेवा समाजले आÏनो पाँचौ प्रस्तुतीको रुपमा नुवाकोट सांस्कृतिक सांझ-२०११ को आयोजना गर्ने भएको छ । वक्रइदको अवसरमा समाजले उक्त सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । "मेरो एउटा साथी छ सबै भन्दा माथी छ" "फेरी त्यो दिन सम्झन चाहान्छु" जस्ता गीत गाएर चर्चाको शिखरमा रहेका पप गायक सुगम पोख्रेल हल्ला सुन्दै छु बसाई सराईकॊ… ढाका टोपी ढल्को नभन भकारीमा धान छ लोकदोहोरी गीतका गायक गायिका खुमन अधिकारी र गायिका जमुना राना थुप्रै लोकदोहोरी म्युजकी भिडीयोहरुमा अभिनय तथा डान्स डाइरेक्टरको भूमीका निभाई सकेका चर्चित मोडल शंकर बि।सी चर्चित नायिका नन्दिता के।सी नायक विष्णु कार्की मै ठुली भै छु रे… गायिका रेश्मा सुनुवार ुमेरो मनमा आगो लगाउनेको एकै पल्ट तिमीलाई… गीतका गायक हिमाल सागर नायिका सुजता सिटौलाको साथमा चर्चित हास्यकलाकार शैलेन्द्र िसंखडाको बेजोड प्रस्तुतु रहने उक्त कार्यक्रमको संचालन उद्घोषिका सरस्वती गिरीले गर्ने भएकी छिन ।
संस्थाका अध्यक्ष विजय माझीको संयोजकत्वमा तथा ब्यवस्थापक भूमीका दिपक कार्की र दिनेश के।सीले निभाएका छन । नुवाकोटमा बाढीपिडीतबाट भएको क्षतिलाई केही हदसम्स भएपनि सहयोग गर्ने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक माझीले बतँए । उनका अनुसार विगतका कार्यक्रममा भन्दा पृथ्क गर्न लागेको बताउने माझीका अनुसार कार्यक्रम वक्रइदको पहिलो र दोस्रो दिन दोहा चिडियाघर नजिकको डि्रम पार्कमा हुने बतँए । २००६ मा स्थापना भएको समाजले जिल्लामा एम्बुलेन्स सन्चालन लगायत सामाजीक सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउँदै आएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates