तनहुँ भित्रका दुई हजार ६३३ वटा समूहमा आबद्ध महिलाले रु छ करोड १० लाख ६८ हजार बचत
Tuesday, 4 October 2011 Posted by कृष्णपक्ष थापा

दमाैली, आश्विन १७,

तनहुँ भित्रका दुई हजार ६३३ वटा समूहमा आबद्ध महिलाले रु छ करोड १० लाख ६८ हजार बचत गरेका छन् । उक्त समूहमा आबद्ध १४ हजार ८२ जना महिला सदस्यले सो रकम बचत गरेको महिला तथा बालबालिकाको कार्यालय तनहुँले जनाएको छ । समूहका सदस्यले सङ्कलन गरेको बचत रकम उनीहरुमाझ नै आयमूलक कार्यमा लगानी गरेको बताइएको छ ।

कुखुरापालन बाख्रापालन तरकारीखेती किराना पसल होजियारी शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गरेको महिला कार्यकर्ता विमला वाग्लेले बताउनुभयो । दुई-चार पैसाका लागि साहुमहाजनको ढोका ढक्ढक्याउनुपर्ने महिला यतिबेला दुई-चार रुपैयाँ कसैले मागेमा दिन सक्नेसमेत बनेका छन्

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates