इलामको बाँझोमा घर आगलागी हुँदा ५ लाखको क्षति
Thursday, 6 October 2011 Posted by कृष्णपक्ष थापा

इलाम, आश्विन २०,

इलामको बाँझो ८ मा शुक्रबार आगलागी हुँंदा करिब साढे ५ लाख रुपैंयाँ बराबरको क्षति भएको छ । स्थानीय गणेश लाबुङको घरको चुल्होबाट फैलिएको आगोले उनको घर जलेर नष्ट भएको छ । घरका सबै सदस्य टीका लगाउन आफन्तकहाँ गएका बेला आगो लागेकाले तत्कालै नियन्त्रणमा लिन नसकिएको जनाइएको छ ।

आगोले घरसहित खाद्यान्न, कपडा, नगद र गहनालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates