जिरी प्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रबाट स्टाफ नस्र पढाईने
Tuesday, 11 October 2011 Posted by कृष्णपक्ष थापा

शेरबहादुर भूजेल, दोलखा,आस्विन २४,

प्राविधिक बिषयको प्रवेशिका तह सम्म पढाई हुदै आएको देशकै पुरानो मध्येको जिरी प्राविधिक शिक्षालयमा प्रविणता प्रमाणपत्र तह पढाई हुने भएको छ । सरकारले शिक्षालयलाई स्तरोन्नती गर्ने निर्णय गरे पछि यस बर्ष बजेट बिनियोजन गरेपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटी अन्तर्गतको आंगिक जिरी प्राविधिक शिक्षालयमा प्रविणता प्रमाणपत्र तह सम्म पढाई हुने भएको हो । शिक्षालयका अनुसार आगामी शैक्षिक सत्रबाट प्रविणता प्रमाणपत्र तहका स्टाफ नस्र ओभरसियर डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ र कृषि तर्फ सुब्बा सरहको जेटिए पढाई हुनेछ ।

स्विस सरकारको सहयोगमा २०४० सालमा खुलेको शिक्षालयमा यस अघि प्राविधिक एसएलसी सम्मका अनमी सव-ओभरसियर र कृषि तर्फ खरिदार सरहको जेटि बिषयको पढाई हुदै आएको थियो । बिद्यार्थीहरुले यि बिषयहरु छात्रवासमा बसेर ८ हजार ५ सय रुपैँया खर्चमा पढ्दै आएका छन् ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates