लडाकु पुनः वर्गीकरण शुरू
Saturday, 19 November 2011 Posted by कृष्णपक्ष थापा

मंसिर ३ / माओवादी सेनाका लडाकुहरुको पुनवर्गीकरण कार्य आजदेखि सुरु भएको छ । लडाकुहरु रहेका सातवटै मुख्य शिविरबाट बिहान आठबजे एकैसाथ वर्गीकरणको काम सुरु भएको सेना सायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिए ।



लडाकु वर्गीकरणका लागि सचिवालयअन्तर्गत कुल २ सय १० जनाको सर्वेक्षण टोली बुधबार र बिहीबार गरी सम्बन्धित शिविर पुगेको थियो । टोली बुधबार र बिहीबार नै शिविर पुगेपनि प्राविधिक काम सम्पन्न गरेर आजदेखि लडाकु वर्गीकरणको काम सुरु हुन लागेको हो । सेना समायोजन विशेष समितिले पारित गरेको कार्ययोजनाअनुसार टोलीले लडाकुहरुको व्यक्तिगत इच्छाका आधारमा समायोजन, पुनर्स्थापना वा स्वेच्छिक अवकासमा जानेको छुट्टाछुट्टै फाराम भराउने सचिवलायले जनाएको छ । २८ सहायक शिविरमा रहेका लडाकुलाई पनि वर्गीकरणका लागि आलोपालो गरेर मुख्य शिविर ल्याउने र साँझ सम्बन्धित शिविरमै फर्काइने शर्माले जानकारी दिए । शर्माका अनुसार हरेक सर्वक्षण टोलीले लडाकु ओसार्न काठमाडौं बाटै २ वटाका दरले ठूलो बस लिएर गएको छ ।

तीन प्रमुख दलसहित मधेसी मोर्चाबीच भएको सातबुँदे सहमति अनुसार पुनवर्गीकरणको काम ३० कात्तिकमा सुरु भई मंसिर ७ गते सकिनुपनु थियो । तर, विशेष समितिले आफू मातहतको सचिवालयले तयार पारेको समायोजन, पुनर्स्थापना र स्वेच्छिक अवकाससम्बन्धी प्याकेज ढिला गरी अनुमोदन गर्दा वर्गीकरण कार्य प्रभावित भएको छ । ढिला काम सुरु भएकाले आगामी मंसिर १२ गतेमात्र वर्गीकरणको काम सकिने भएको छ ।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates