सफ्ट्वेयर तथा सर्भर स्थापनाको कार्य प्रारम्भ I
Sunday, 4 December 2011 Posted by कृष्णपक्ष थापा

एनजिओ, आइएनजिओको डाटा रेर्कडको लागी सफ्टवेयर निर्माण तथा सर्भर स्थापनाको काम अगाडी बढिरहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ। यसको लागी प्राथमिक प्रक्रीया अघी बढिसकेको संघ, संस्था तथा समन्वय शाखाका उप-सचिव रामप्रसाद भट्टराईले बताउनुभयो। उहाँले डाटा रेर्कडको लागी मन्त्रालयबाट स्वीकृती भइसकेकोले आवश्यक कामहरु अगाडी बढिसकेको जानकारी गराउनुभयो।

आ .व ६७/ ६८ को प्रमुख लक्ष्यको रुपमा मन्त्रालयले एनजिओ ,आइएनजिओको डाटा रेर्कडको लागी सफ्टवेयर निर्माण तथा सर्भर स्थापना गर्ने कुरा रातोकिताबमा उल्लेखीत रहेको थियो । सो कार्यलाई अगाडी बढाउन मन्त्रालयमा १ वर्षको अवधी रहेको थियो । मन्त्रालय श्रोतका अनुसार यो कार्य भने दोस्रो चौमासिकमा राखीएको कारण असार मसान्तसम्म काम सकाउने गरी प्रक्रीया अगाडी बढाइएको जनाइएको छ। त्यसैले यो कार्य मंसीरको सुरु देखीनै थालीएको प्रथम तथ्याङक अधिकृत भरतराज शर्माले बताउनुभयो।

कृष्णपक्ष थापा

Thanks for your visit..!

[ ]
Latest News Updates