धादिङमा माओवादीको प्रशिक्षण तीव्र
Wednesday, 12 October 2011 Posted by साहित्य संसार

धादिङ, असोज २६,

एकीकृत नेकपा -माओवादी धादिङले आन्तरिक कार्यकर्ता प्रशिक्षणलाई तीव्र पारेको छ । जिल्ला, इलाका हुँदै उत्तरी धादिङको विभिन्न गाउँ विकास समितिमा धमाधम प्रशिक्षण भइरहेका छन् ।उत्तरी धादिङको फूलखर्क गाउँ विकास समितिस्थित मण्डली उच्च माध्यमिक विद्यालयमा आन्तरिक कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् धादिङ क्षेत्र नं. १ का सभासद् पुष्पविक्रम मल्लले यदि पार्टीभित्रैबाट कसैले पार्टी फुटाएमा त्यो प्रतिक्रियावादीको मतियार ठहरिने बताए ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates