२१ बर्षिय अंकुरले पाए फेसबुकमा एक करोडको जागिर I
Wednesday, 7 December 2011 Posted by साहित्य संसार
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiY6nIBdxVLkUkfZpQMH2V2bKYrTmemL3n0WUmaZre3VFm2wRaoiKFiRUlGc8xvdYQIaITnKIxgD23m61YRPTki_Sxm29ZyFLGIrUeyBMUj1e2WMLrbeJ1P-wjixO6uAXsZ-cRPInfL1rkW/s400/ankur.jpg) |
अंकुर - बायाँबाट पहिलो |
सामाजिक संजाल फेसबुकले दक्षिण एसियाबाट कर्मचारी खोज्ने क्रममा भारतका अंकुर दहियालाइ बार्षिक एक करोड रुपैया दिने गरी हालै नियुक्ति गरेको छ । सानै देखि कम्प्युटर प्रविधिमा रुची भएका भारत हरियाणा राज्यका अंकुर आइआइटी -दिल्लीका कम्प्युटर साइन्सका विद्यार्थी पनि हुन । आइआइटीमा कोर्ष सकिन अझै एक बर्ष बाकी भएकोले आगामी बर्ष मात्र उनि क्यालिफोर्नियाको पालो अल्टो स्थित फेसबुक कार्यालयमा गएर जागिर सम्हाल्नेछन ।
आइआइटी दिल्लीबाट फेसबुकले कर्मचारी लिएको यो पहिलो पटक हो, यस अघि फेसबुकले भारतकै तमिलनाडु राज्यबाट एक कर्मचारी नियुक्ति गरेको थियो ।
साहित्य संसार
Thanks for your visit..!