सरकारको मुख्य कार्यभार शान्ति र संबिधानः प्रधानमन्त्रि
Saturday, 15 October 2011 Posted by साहित्य संसार

नारायण सापकोटा, चितबन, असोज २८ गते,

प्रधानमन्त्रि डा. बाबुराम भटट्राईले अहिलेको सरकारको मुख्य कार्यभार भनेको शान्ति र संबिधान नै भएको दाबि गर्नु भएको छ । सबै पार्टी संग मिलेर अगाडी बढ्नु र शान्ति र संबिधान निष्र्कषमा पु¥याउनु मेरो र पार्टीको मुख्य लक्ष्य र उदेश्य हो भटेटराईले भन्नु भयो । यहि सरकारले नै शान्ति र संबिधानको काम पुरा गर्ने उहाले प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । एकीकृत माओवादीका सल्लाहकार खम्बसिंह कुँवरकोे नागरिक अभिनन्दनमा सहभागी चितबन आउनु भएका भट्टराईले सम्मान कार्यक्रमलाई संम्बोधन गर्दै सम्मानित खम्बा सिहं कुबरले देखाएको बाटोमा आफु लागीरहने बताउदै कुबरको जिबन शैलीको समेत प्रशंसा गर्नु भयो ।यस्तै अध्यक्ष प्रचण्डले पार्टी भित्रको संघर्ष भन्दा पनि शान्ति र संबिधान मुख्य कुरा र कतब्र्य भएको बताउनु भएको छ । पार्टी भित्र संघर्ष हुनु सामान्य कुरो भएको बताउदै प्रचण्डले जनताको मुक्तिको लागी लडिरहने उल्लेख गर्नु भयो ।

पूरानो मान्यता र दृष्टिकोणका आधारमा अबको राजनीतिलाई अगाडि बढाउन नसक्ने भन्दै उहाले मुलुकको राजनीतिमा धेरै परिवर्तन आइसकेकोले नयाँ सोचबाट अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्रै रहेर पार्टीको आधिकारिक धारणा विपरीत लाग्नेहरु आफै किनारा लाग्ने दाबी समेत गर्नुभयो । शान्ति र संविधान निर्माणको मूल जिम्मेवारी पूरा गर्नु नै पार्टीको वर्तमान आधारिक दृष्टिकोण भएको प्रचण्डको भनाइ छ ।सोही कार्यक्रममा माओबादी उपाध्यक्ष मोहन बैध किरणले पार्टीको संघर्ष जटिल भएको बताउनु भएको छ ।संघर्ष जटिल भएपनि पार्टी एकबद्ध भएर अगाडी बढ्ने बैधले दाबी गर्नु भयो । उहाले क्रतिकारी पार्टी भित्र संर्घष भैरहने हुनले माओबादीमा पनि आन्तरीक संर्घष भएको बताउनु भयो ।

यसै बिच एकीकृत माओवादीका सल्लाहकार खम्बसिंह कुँवरकोे नागरिक अभिनन्दनमा सहभागी हुन प्रधानमन्त्री डा. बाबुराम भट्टराई संगै माओबादी शिर्ष नेताहरु चितबन आउनु भएको थियो। कार्यत्र्रmममा सहभागी हुनको लागी अध्यक्ष प्रचण्ड, कृष्ण बहादुर महरा,दिनानाथ शर्मा लगायतका नेताहरु हिजो देखीनै चितवनमै रहनुभएको थियो ।यसै बिच सम्पुर्ण माओबादी नेताहरु आजनै राजधानि फर्कने कार्यतालिका रहेका माओबादी चितबन श्रोतले जनाएको छ ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates