दिवाकर स्मृति आठौं जिल्लास्तरीय फुटवल एवम् भलिवल खेल आज सेमीफाइनल
Wednesday, 19 October 2011 Posted by साहित्य संसार

सुबास लामिछाने, माडी, कात्तिक ३,

चितवनको माडीमा जारी दिवाकर स्मृति आठौं जिल्लास्तरीय फुटबल एवम् भलिवल प्रतियोगिता २०६८ अन्तर्गत आजदेखि भलिवल तथा फुटवलका सेमीफाइनल खेलहरु हुदैछन् । प्रतियोगिता अन्तर्गत आजदेखि भलिवलका २ र फुटवल तर्फका २ खेलहरु हुदैछन् माडी मावि बसन्तपुरको खेल मैदानमा हुने प्रतियोगिता अन्तरगत फुटवल तर्फको पहिलो सेमीफाइनल खेलमा दिउसो १२ बजे भरतपुर फुटवल क्लब र गर्दी खेलकुद परिषद् रातो बीच प्रतिस्पर्धा हुनेछ भने आजै दिउसो २ बजे दोस्रो खेलमा जनमुक्ती सेना तेस्रो डिभिजन र मिलन युवा क्लव गुन्जानगरबीच प्रतिस्पर्धा हुने आयोजक समीतिका सदस्य रमेश पाण्डेले जानकारी दिनुभयो ।

भलिवल तर्फको सेमीफाइनलको पहिलो खेलमा आज दिउसो १२ बजे दिगो विकास समिति गुन्जानगर र चितवन स्पोर्टस क्लव भरतपुर बी आमनेसामने हुने बताइएको छ भने आजै दिउसो हुने दोस्रो खेलमा तमु युवा समाज भरतपुर र चितवन स्पोर्टस क्लव भरतपुर ए प्रतिस्पर्धा गर्ने बताइएको छ

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates