बाग्लुङको बोवाङमा सेनाको विमान दुर्घटना
१ कार्तिक, काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको RAN-9 49 BN2T विमान सम्पर्क विहीन भएको छ । विमान बाग्लुङको बोवाङ-९ मा दुर्घटना भएको आशंका गरिएको छ ।
बाग्लुङका डीएसपी उमा चतुर्वेदीले विमान दुर्घटना भएको खबर आएपछि टोली गएको जानकारी दिनुभयो । प्रहरी टोली पुग्न अझै करिब डेढ घण्टा लाग्ने उहाँले बताउनु भयो । उहाँका अनुसार विमान दुर्घटना भएको भनिएको क्षेत्र जंगल पदर्छ ।
प्रत्यक्षदर्शीहरुले आगो लागेर विमान खसेको देखिएको बताएका छन् । विमानमा चिकित्सकसहित छ जना थिए ।