राष्ट्रपति डा रामवरण यादव कतार प्रस्थान
Monday, 10 October 2011 Posted by साहित्य संसार

२३, असोज ।

राष्ट्रपति डा रामवरण यादव कतारका अमिर हमाद बिन खलिफा अल-थानीको मैत्रीपूर्ण निमन्त्रणामा कतारको चारदिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपराष्ट्रपति डा परमानन्द झाले राष्ट्रपतिलाई बिदाइ अभिवादन गर्नुभएको थियो । राष्ट्रपतिको बिदाइका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराई सभामुख सुवासचन्द्र नेम्वाङ उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार तथा नारायणकाजी श्रेष्ठ मन्त्रिगण नेपाल सरकारका मुख्य सचिवलगायत विशिष्ट अधिकारीहरु र सुरक्षा निकायका प्रमुखहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति डा यादवको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो । राष्ट्रपति यादवकी सुपुत्री अनिता यादव पनि भ्रमणमा सामेल हुनुहुन्छ । भ्रमण दलमा भौतिक योजना तथा निर्माणमन्त्री ह्दयेश त्रिपाठी राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने कायममुकायम परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई र राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरु रहनुभएको छ । राष्ट्रपति डा यादव कतारको भ्रमण पूरा गरी यही असोज २६ गते स्वदेश फर्कनु हुनेछ ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates