सुरु भयो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव
जीवनको लागि संगीत र बाँच्नको लागि संगीत'नारासहित अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाली लोकबाजा संग्रहालयमा महोत्सव तीन दिन चल्ने छ । विभिन्न देशका लोक संगीत संस्कृति, जीवनशैली, सम्बन्धी विभिन्न वृत्तचित्रको प्रदर्शन गरिने महोत्सवमा १५ घन्टा फिल्म प्रदर्शन हुने छ ।
महोत्सव अवधिभर ३५ ओटा वृत्तचित्र प्रदर्शन हुनेछन् । महोसत्वमा जर्मनी मुलका अन्तराष्ट्रिय संगीत अनुसन्धानकर्ता तथा फिल्म निर्माता रोल्फ किलियस, प्रख्यात भारतीय फिल्म निर्देशक दिपक वोस र नेपाल टेलिभिजन कार्यक्रमका महाशाखा प्रमुख दीपा गौतम सम्मितिल हुने छन् ।
यस फिल्म महोसत्वमा सहभागि हुन विश्वका विभिन्न स्थानबाट ख्यातीप्राप्त लोकसंगीत अनुसन्धानकर्ता, प्रोफेसर, फिल्म निर्माता, फिल्म निर्देशक, संस्कृति विद, संग्राहालयका विज्ञ र संगीतकार गरी पचाँस जना भन्दा बढी विद्वान नेपाल आउने भएका छन् ।
महोसत्वको प्रमुख आकाषर्ण भने डछ नागरिक अर्नाल्ड अ.वाक ले १९३१मा नेपालमा बनाएको नेपालको पहिलो फिल्म, चार पाँच वर्षका बच्चा देखि १०२ वर्ष सम्मका वृद्ध महिला र अपाङ्गले गाएका गीत सम्बन्धि फिल्म र दोस्रो विश्वयुद्ध देखि हराइरहेका फिल्म समेत प्रदर्शन गरिने छ ।