मोबाइल फोनको दुरूपयोगप्रति सचेत हुनुपर्ने
Thursday, 10 November 2011 Posted by साहित्य संसार

लक्ष्मी रानाभाट, तनहुँ, कात्तिक २४,

मोबाइल फोनको बढ्दो प्रयोगसँगै यसको दुरूपयोग र ह्याकिङप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रक कार्यालयले आज यहाँ गरेको कार्यक्रममा पछिल्लो समय मोबाइल फोनको दुरूपयोग र ह्याकिङ बढेको भन्दै प्रयोगकर्ताले अपनाउनुपर्ने सावधानीका उपायबारे जानकारी दिइएको छ । कार्यालयका प्रमुख राजनराज पन्तले मोबाइल फोन प्रयोगकर्ताले मोबाइल किन्दा नै सो मोबाइलको विशेषता र सुरक्षापद्धतिमा सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

नचिनेको नम्बरबाट आएको ब्लुतुथ र एमएमएस स्वीकार गर्दा भाइरस आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्छ–उहाँले भन्नुभयो । एसएमएस भोटिङको नाममा पैसा ठगिने, एसएमएसको आधारमा बैङ्क खाता दिन नहुने, मोबाइल बनाउन दिँदा मेमोरी कार्ड आफैँसँग राख्नुपर्ने, मोबाइलमा एन्टी–भाइरस र पिनकोड राख्नेतर्फ मोबाइल फोनकर्ता सचेत भएमा मोबाइल र प्रयोगकर्ताको धेरै सुरक्षा हुने कार्यक्रममा बताइएको थियो ।

साहित्य संसार

Thanks for your visit..!

[ ]
Latest News Updates